सुनको भाउले तोड्यो फेरि नयाँ रेकर्ड

काठमाडौं , फागुन २२ । सुनको भाउ बिहीबार नेपाली बजारमा इतिहासकै उच्च भएको छ । बुधबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यमा बिहीबार पनि तोलाको २०० रूपैयाँ बढेको हो ।

नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन प्रतितोला ८० हजार ७ सयमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला ८० हजरा ४ सय र चाँदी प्रति तोला ८ सय ८० मा कारोबार भइरहेको छ ।

मंगलबारको तुलनामा बुधबार प्रतितोला २२ सय रुपैँयाले बढेर सुनको मूल्य ८० हजार ५ सयमा कारोबार भएको थियो । आज सोही मूल्यमा २०० अझै बढेको हो ।

यसअघि मंगलबार बजारमा सुन तोलाको ७८ हजार ३ सयमा कारोबार भएको थियो ।

सुनको मूल्य बढे पनि चाँदीमा भने मूल्य वृद्धि भएको छैन ।

प्रतिक्रिया दिनुहोस्