वैवाहिक जीवनमा बाधिँदै आँचल शर्मा, लगाइन् उदिपको नाममा मेहेन्दी

काठमाडौं , फागुन २९ । नायीका आँचल शर्मा आज विवाहामा बाधिँदै छिन् । मोडल शर्मा प्रेमीका उदिप श्रेष्ठसँग विवाह बन्धनमा बाधिँन लागेकी हु्न । डेढ वर्षको प्रेम सम्बन्धलाई उनीहरुले आज विवाहमा परिणत गर्न लागेका हुन्।

पेशाले डाक्टर रहेका उदिपसँग आँचलको फागुन १२ गते ‘इन्गेजमेन्ट’ भएको थियो। विवाहको पूर्वसन्ध्यामा उनीहरुले संगीत र मेहेन्दी विशेष फोटोसुट सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन्। उनीहरुले एकअर्काको नाममा मेहेन्दी लगाएका छन्।

२४ वर्षीया आँचल मिस प्लस टुको टाइटल पाए लगत्तै कला तथा मनोरञ्जन क्षेत्रमा सक्रिय छिन्। उनले जोनी जेन्टलम्यान, शत्रुगते, नाइँ नभन्नु ल ४ लगायत फिल्ममा अभिनय गरेकी छिन्। यसअधि उनको नाम नायक पल शर्मासँग जोडिदैं आएको थियो । अन्नत त उनको डाक्टर उदिपसँग विवाहा हुन पुग्यो ।

प्रतिक्रिया दिनुहोस्