तोलामा तीन हजारले घट्यो सुन , कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं , फागुन ३० । केहिदिन देखि निरन्तर उकालो लागेको सुनको भाउ आज भने घटेको छ । आज सुनको मुल्य तोलामा ३ हजारले घटेको छ । अघिल्लो दिनका तुलनामा आज अनपेक्षित रुपमा रु तीन हजारले घटेको हो । बिहीबार रु ८१ हजार ५०० मा कारोवार भएको प्रतितोला छापावाल सुन आज ७८ हजार ५०० मा झरेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्रा्ष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार गत मङ्गलबार तोलाका रु ८२ हजार ७०० मा कारोवार भएकोे पहेँलो धातुको मूल्यमा बुधबार रु २०० ले कमी आएको थियो भने बिहीबार रु ८०० ले घटेको थियो । चाँदीको मूल्यमा पनि रु ४० ले गिरावट आएको छ ।

आज असली चाँदीको मूल्य रु ८२० कायम भएको छ । सुनको मुल्यमा पछिलो समय उतारचढाव भइरहेको छ । विश्वभर फैलीएको कोरोनाको असरले पनि केहिदि सुनको मुल्य अत्याधिक बृद्धि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्