“डान्सिङ वीथ द स्टार नेपाल” रियालिटी शो को मुख्य प्रायोजकमा आइएमई

काठमाडौं, चैत ५ । “डान्सिङ वीथ द स्टार नेपाल” रियालिटी शो को मुख्य प्रायोजकमा आइएमई र भोटिङ्ग पार्टनरको रुपमा आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्धन गरिएको ‘आइएमई पे’ आवद्ध भएका छन् । यसै कार्यक्रमका लागि हिमालय टेलिभिजन र आइएमइबीच साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार डान्सिङ वीथ द स्टारको भोटिङ्ग राउन्डमा एप मार्फत गरिने सबै भोटिङ्ग ‘आइएमई पे’ एप मार्फत हुने जनाइएको छ । यस सम्झौता पश्चात यस कार्यक्रमको नाम आइएमई प्रेजेन्टस् “डान्सिङ वीथ द स्टार नेपाल” भएको छ ।

यही बैशाख पहिलो सातादेखि प्रसारण हुन लागेको नेपाली संस्करणका रुपमा ‘डान्सिङ वीथ द स्टार नेपाल’ को यो पहिलो सिजन हो । यो शो बीबीसी स्टुडियोको फम्र्याटमा आधारित रहने जनाइएको छ ।बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायतका बिश्वका ६० भन्दा धेरै देशमा प्रसारण भइरहेको बिश्वकै नम्बर एक डान्सिङ रियालिटी शो को फ्रेन्चाइज लिइ हिमालय टेलिभिजनले उत्पादन तथा प्रसारण गर्ने छ । हरेक शुक्रबार र शनिबार राति सुपर प्राइम टाइम ८ बजेदेखि प्रसारण हुने पहिलो सिजन २६ इपिसोडको हुनेछ ।

बिश्वभर चलेको फम्र्याट अनुसार आइएमई डान्सिङ विथ द स्टारमा १२ जना बिभिन्न क्षेत्रका स्टार प्रतियोगी हुनेछन्, भने उनीहरुलाई पेयरिङ गर्दै १२ जना प्रोफेसनल कोरियोग्राफरले स्टारसँगै पर्फमेन्स दिनेछन् । दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट इलिमिनेट हुँदै जाने छन भने कार्यक्रमको बिजेताले कुल २५ लाख करसहित नगद र अन्य पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्