टेलिकमको फोन रिङव्याक टोनमा नै कोरोना भाइरस सम्बन्धी सन्देश, पाउनु हुनेछ यस्तो जानकारी

काठमाडौ, चैत ६ । नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमण बारे जनचेतना फैलाउनको लागि कल रिङव्याक टोन (सिआरविटी) परिवर्तन गरेको छ। अब तपाईले कसैलाई पनि फोन डायल गर्नु भयो भने फोन नउठेसम्म कोरोना भाइरस बारे जानकारी पाउनु हुनेछ।

फोनमा कोरोना भाइरसका लक्षणहरु, कसरी बच्ने, चिकित्सकहरुसँगको सल्लाह समेतलाई टोनमा जानकारीको रुपमा समेटिएको छ। सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि भन्दै बुधवार अत्यावश्यक काम बाहेक घर बाहिर निस्किन, २५ जनाभन्दाबढी मानिस भेटघाट गर्न, सिनेमा हल, रंगशाला, जिमखाना लगायत भिडभाड हुने स्थान बन्द गर्न निर्देशन दिइसकेको छ।

यसैबीच नेपाली कांग्रेसले पनि कोरोनाको संक्रमण बारे जनचेतना फैलाउन अभियान नै चलाएको छ । नेपालमा कोरोना फैलीन नदिन विभन्न जनचेतनाका अभियान पनि चलीरहेका छन् । यसमा हामी तपाई सबै सजक र सावधानी रहन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्