“लाउदैन र बाडुल्की“ बोलको प्रतिक्षारत मौलिक गित सार्वजनिक (भिडियोसहित)

काठमाडौं , चैत ६ । धेरैले प्रतिक्षा गरेको “लाउदैन र बाडुल्की“ बोलको प्रतीक्षारत मौलिक गित सार्वजनिक भएको छ । गीत शिव हमालको अफिसियल युट्युब च्यानल मार्फत आज मात्रै बजारमा आएको हो ।

कमल बिसि माल्दाई र प्रतिभा अर्पणको आवाजमा रहेको यस गितको शब्द र लय चर्चित सर्जक शिव हमालको रहेको छ । यस गितमा अभिनय तथा नृत्य सुनिल क्षेत्री र रक्षा श्रेष्ठको रहेको छ ।

प्रतिभा अर्पणको एल्बमको रुपमा यो गित बजारमा आएको हो । मौसम हिमालीको निर्देशन रहेको यस गितमा नवराज उप्रेतिको छायाकन रहेको छ ।

सुनिल परियारको म्युजिक एरेन्ज रहेको गितको सम्पादन प्रबिन भट्टले गरेका हुन भने मारुनी रेकर्डिङ स्टुडियोमा गित रेकर्ड भएको हो ।

प्रतिक्रिया दिनुहोस्