सचेतना अभियानमा कांग्रेस सक्रिय, क्रियाशील वितरण र नवीकरण स्थगन

काठमाडौं , चैत ८ । नेपाली कांग्रेस कोरोना भाइरस संक्रमणबारे सक्रिय हुनुपर्ने भएकाले क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगित गरेको घोषणा गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, प्राणघातक कोरोना भाइरसको जोखिम दृस्टिगत गरेर ठुला भेला र सम्मेलनहरु यसअघि नै स्थगित गरिएको भए पनि चौधौं महाधिवेशन तयारीसँगै सम्बन्धित (क्रियाशील सदस्यता नवीकरण र वितरण एवं बांकी समायोजन) कार्य जारी राखिएको थियो । तर पछिल्लो समयमा अझ बढेको जोखिमबाट थप सतर्कताका लागि चैत्र ९ देखि लागु हुनेगरि ती कार्य ०७६ चैत्र मसान्तसम्मका लागि स्थगित गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘शहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घरघरसम्मझ कोरोना सचेतना अभियानमा पार्टीपंक्तिको कृयाशिलता भने सतर्कतापुर्वक विविध ढंगले जारी रहनेछ । जिल्ला, क्षेत्र, गाउँ–नगर हुँदै टोल तहसम्म जोखिम सामना गर्ने रास्ट्रीय दायित्व निर्वाहमा नेपाली कांग्रेसको सम्बन्धित तहका साथीहरूले विभिन्न दल, समुदाय र स्वास्थकर्मिहरुसँग आवश्यक समन्वय, सहयोग र स्वयंसेविको भुमिका निभाउनु हुनेछ ।

यस्तै सचेतना अभियानमा संचारका विविध माध्यमको प्रयोगमा तिब्रता दिइनेछ । स्थलगत सांगठनिक गतिविधि रोकिएको यो अवधीमापनी मुलतः कोरोना सचेतना अभियानको आवश्यकता अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यालय खुला रहने प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्