कोरोना भाइरसका कारण दुई चर्चित खेल पत्रकारको मृत्यु

काठमाडौं, चैत ८ ।कोरोना भाइरसका कारण स्पेनमा दुई चर्चित खेल पत्रकारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५९ वर्षका जोसे मारिया क्यान्डेला र ७८ वर्षका टोमस डियाज भाल्डेस रहेको अन्तर्रा्ष्ट्रिय खेलकुद पत्रकार संघ एआइपीएसले उल्लेख गरेको छ।

कोरोना भाइरसको केन्द्रविन्दु यतिबेला युरोप बनेको छ। युरोपमा कोरोना संक्रमित र मृतकको दर तीव्र गतिमा फैलिरहँदा स्पेनमा हालसम्म २४ हजार ९२६ कोरोनाबाट संक्रमित छन्। कोरोनाको संक्रमणबाट हालसम्म त्यहाँ १ हजार ३२६ को मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्