कोरोनाको प्रभावः सुनचाँदी व्यवसाय एक साताका लागि बन्द

काठमाडौं, चैत ११ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारले देशैभरी गरेको लक डाउनको स्वागत गर्दै सुनचाँदी व्यवसाय एक साताका लागि बन्द गरेको छ ।

महासंघका अध्यक्ष मोहनकुमार सुनारको अध्यक्षतामा बसेको पदाधिकारीको बैठकले विषम परिस्थितिमा आर्थिक तथा अन्य सहयोग र सहकार्यका लागि प्रतिवद्धता रहेको जनाएको छ ।

यस्तै सुनचाँदीको दैनिक दरभाउ समेत प्रकाशित नहुने भन्दै महासंघले सम्भावित जोखिमलाई ध्यानमा राखी विशेष सतर्कता अपनाउन सबैमा आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्