इन्टरनेटको खपत ५० प्रतिशतले बढ्यो

काठमाडौं , चैत १२ । मुलक लकडाउन भएपछि इन्टरनेटको खपत सामान्य अवस्थाको भन्दा ५० प्रतिशतले वृद्धि भएको छ । सबै नागरिक घरभित्रै बसेपछि इन्टरनेटको प्रयोगमा उच्चतम् वृद्धि भएको इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट सेवा प्रदायक संघ ९इस्पान०ले जनाएको छ ।

यसैकारण इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले सकेसम्म कम इन्टरनेटको प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेका छन् । कोरोना भाइरस(कोभिड १९)को जोखिम बढेसँगै सरकारले लकडाउन घोषणा गरेपछि धेरैले समय कटाउन इन्टरनेटको सहारा लिइरहेका छन् ।

यसका कारण ‘ब्यान्ड विथ’को माग धान्न हम्मे(हम्मे परेको इन्टरनेट सेवा प्रदायकहरु बताउँछन् ।

इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्ट खपतको दर बढ्दो रहेको बताउँछन् । उनले यही दरमा खपत बढ्दै गए माग धान्न नै समस्या हुने उनको भनाइ छ । अहिले कार्यालयहरु बन्द हुँदा सेवा प्रदाकयलाई माग अनुसार खपत व्यवस्थापन गर्न केही सहज भने भएको छ ।

प्रतिक्रिया दिनुहोस्