नेपाल टेलिकमले बुधबार रातिदेखि रिचार्ज गरे बराबरको बोनस दिने

 

काठमाण्डौ , चैत १२ । नेपाल टेलिकमले बुधबार रातिदेखि रिचार्ज गरे बराबरको बोनस दिने भएको छ।
टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस बुधबार रातिदेखि उपलब्ध गराउन सुरु गर्ने भएको हो ।

यसअघि बुधबार दिउँसोबाट सुरू गर्ने भनिए पनि प्राविधिक समस्याका कारण बेलुकाबाट मात्र सुरू गरिने नेपाल टेलिकमले जनाएको छ । यो सुविधाअन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्