कोरोनाको प्रभाव : एसिया कप २०२० पनि सर्ने सम्भावना

काठमाडौं , चैत १३ । एसिया कप २०२० पनि सर्ने सम्भावना बढेको छ । कोरोना भाइरसको महामारिका कारण अधिकाम्स प्रतियोगिताहरु स्थगन भइरहेका बेला सेप्टेम्बरमा आयोजना हुने एसिया कप पनि स्थगित हुने आंकन गरिएको छ ।

पाकिस्तानले युएईमा आयोजना गर्ने एशिया कपको विषयमा एसीसीको बैठक समेत स्थगित भइसकेको छ । अब शुक्रबार बस्ने आईसीसीको बैठकमा एशियाकप आयोजना गर्ने विषयमा छलफल हुने जनाइएको छ । आईसीसीको भिडियो कन्फ्रेन्समार्फत बैठक बस्दै छ ।

कोरोना भाइरसको त्रासका कारण यसअघि बैठक स्थगित गरिएको थियो । बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीलले एसियाकपमा भारतले खेल्ने बताउँदै पाकिस्तानको साटो युएईमा प्रतियोगिता हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्