‘लकडाउन’ को सकारात्कम सर्प्राइज

काठमाडौं, १५ चैत। विगत चारदिनदेखि कोराना भाइरसको कारण मुलुक ‘लकडाउन’ छ । सवारीसाधन र उद्योगधन्दाहरु बन्द हुँदा वातावारणमा भने स्वस्थ हुँदै गएको छ । सकारात्मक हावामा प्रदूषण धेरै हुँदा बसोबासका लागि नै अयोग्य रहेका विभिन्न शहरहरुमा अहिले बस्न योग्को हरियो चिन्ह देखाएको छ ।

अहिले कोरोना भाइरस सङ्क्रमणको कारण लकडाउन तथा उद्योगहरु बन्द हुँदा विश्वमै प्रदूषण कम भएको र ओजन तहमा सकारात्मक प्रभाव देखिएको छ ।

काठमाडौं, पोखरा, दाङ्ग, बुटवल, धरानलगायत देशका प्रमुख शहरहरुमा प्रदषण रहित बस्न योग्को हरियो चिन्ह देखाएको छ ।

अहिले वातावारण विभाग र अरु विभिन्न सङ्घसंस्थाले देशका विभिन्न २२ ठाउँमा राखेका हावाको प्रदूषण मापन केन्द्रहरुमध्येअधिकांश स्थानहरुका केन्द्रहरुले हरियो चिन्ह देखाएका छन । तर बाराको सिमरा भने अझै रातो सिंगल देखाएको छ । एक हप्ताअघि सम्म धेरैजसो मापन केन्द्रहरुले रातो चिन्ह देखाउने गरेका थिए । धेरैजसो रातो चिन्ह देखिने काठमाण्डौ उपत्यकाका सबै केन्द्रहरुमा अहिले हरियो चिन्ह देखिएको छ ।

हावाको प्रदूषण मापन सुचकाङ्क अक्वा ५० सम्ममा मानिसको बसोबासका लागि योग्य हुने वातावारण विभागका उपमहानिर्देशक ईन्दु विक्रम जोशीले जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अक्वाको अन्तर्राष्ट्रिय मापदण्ड २५ तोकेको छ भने नेपालले ४० मा सीमित राख्ने लक्ष्य लिएको छ । अक्वा एक सय ५० भन्दा माथि गएपछि बसोवासका लागि अयोग्य मानेर मापन केन्द्रहरुमा रातो चिन्ह देखाइन्छ ।

धेरैजसो रातो चिन्ह देखिने काठमाण्डौको रत्नपार्कमा रहेको मापन केन्द्रमा गएको चार दिनदेखि हरियो चिह्न देखिएको छ । शनिबार दिउँसो धुलिखेलमा अक्वा ९ मा झरेको छ । जसलाई धेरै राम्रो मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्