लकडाउन अवधिभर नेप्से बन्द हुने

काठमाडौं, १७ चैत । यस लकडाउनको अवधिभर सेयर बजार बन्द रहने भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लकडाउन अवधिभर बजार खुला नगर्ने निर्णय गरेको हो ।

यस अघि मंगलबारदेखि बजार खुल्ने भनिएको थियो । तर विभिन्न ब्रोकरहरुको लकडाउनका बेला बजार खरल्ला राख्दा बजारले कस्तो मार्केट लेला भन्दै विरोध गर्दै आएका थिए ।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सरकारले घोषणा गरेको आगामी २५ गतेसम्म नै बजार बन्द गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार त्यसपछि पुनः लकडाउन भए अर्काे निर्णय गर्ने नेप्सेले जनाएको छ ।

यसअघि पनि बोर्डको निर्देशनपछि नेप्सेले एक साताका लागि बजार बन्द गराएको थियो । एक साता मंगलबार पुग्दैछ । त्यसपछि पनि थप बन्द गर्न बोर्डले भनेपछि नेप्सेले बन्द गरेको हो । यसलाई शेयर ब्रोकरहरुले स्वागत योग्य निर्णय भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्