चलचित्र प्राविधिकलाई पाँच लाख सहयोग गर्ने नायक पल शाहको घोषणा

काठमाडौं। कोरोनाको संक्रमणले यति बेला विभन्न सर्वसाधारण तथा अन्य व्यक्ति समस्यामा परेका छन् । नेपालमा अहिले लकडाउन लगाएको छ । यसकै कारण विभन्न क्षेत्रमा काम गर्नेहरु मारमा परेका छन् ।

यसैबीच चलचित्र क्षेत्रमा काम गर्ने प्राविधिकहरू समस्यामा परेपछि सहयोग जुट्न थालेको छ।
नायक पल शाहले कोभिड-१९ का समस्यामा परेका चलचित्र प्राविधिकहरूका लागि आर्थिक सहयोगको घोषणा गरेका छन्।चलचित्रको छायांकन तथा निर्माणको काम रोकिएपछि चलचित्र प्राविधिकहरू समस्यामा परेको खबर सार्वजनिक भएपछि शाहले पाँच लाख रूपैयाँ आर्थिक सहयोगको घोषणा गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उक्त सहयोगको घोषणा गरेका हुन्।कोभिड(१९ का कारण चलचित्र क्षेत्र पनि मारमा परेको भन्दै विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूको जनजीवनलाई सहज बनाउन उक्त सहयोगको घोषणा गरेको पलले जनाएका छन्।

पलले प्रदान गर्ने सहयोग चलचित्र प्राविधिक संघमार्फत् वितरण गरिनेछ।आजै चलचित्र ‘छक्का पञ्जा’ टीमले पनि चलचित्र प्राविधिकहरूलाई सहयोगको घोषणा गरेको छ। उनीहरूले अन्य चलचित्रकर्मीलाई पनि सहयोगको अपील गरेका छन्।

प्रतिक्रिया दिनुहोस्