नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

काठमाडौ, २४ चैत्र । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले जानकारी दिए । उनी लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत पनि हुन् ।

उनी यसअघि डा. चिरञ्जीवि नेपालसँगै गभर्नरमा सिफारिस भएका थिए । तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले उनलाई सिफारिस गरे पनि सुशील कोइराला नेतृत्वको सरकारले नेपाललाई गभर्नर नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्