विश्व बैंकले नेपाललाई साढे तीन अर्ब ऋण दिने

काठमाडौं,चैत २५ । विश्व बैंकले नेपाललाई साढे तीन अर्ब ऋण दिने भएको छ । कोरोना भाइरसक रोकथाम तथा नियन्त्रणका लागि सरकारले विश्व बैंकसँग साढे तीन अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ। यो सँगै उसले साढे तीन अर्ब ऋण दिने भएको हो ।

कोभिड १९ आपतकालिन,माहामारी,पूर्वतयारी तथा नियन्त्रणका लागि उक्त ऋण दिनका लागि विश्वबैंकको बोर्डले स्विकृत गरिसकेको छ।यो रकम नेपाल सरकारले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि खर्च गर्ने छ।

२ करोड ९० अमेरिकी डलरको यो ऋण सम्बन्धि सम्झौतामा आजै हस्ताक्षर गर्ने तयारी भइरहेको छ। अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले आजै सम्झौताको तयारी भइरहेको जानकारी दिए।

ऋण सम्झौता गर्नका लागि १६ गतेको मन्त्रिपरिषद बैठकले निर्णय गरी अर्थमन्त्रालयलाई अधिकार दिइसकेको छ।विश्वबैंकले यो ऋण ३८ वर्षका लागि दिन लागेको हो। यसको किस्ता ६ वर्षपछि सुरु हुने छ।

त्यस्तै नेपाल सरकारले एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट पनि ऋण लिने तयारी गरिरहेको छ। बजेट साहयता अन्तर्गत आउने प्रक्रियामा रहेको एडिबीको ७ अर्ब ३३ करोड ऋण रहेको छ।

सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १३ अर्ब ९ करोड ऋण लिने तयारी गरिरहेको छ। यसका लागि अर्थमन्त्रालयले निर्णय गरेर सम्झौता प्रक्रिया अघि बढाउन नेपाल राष्ट्र बैंकमा पत्राचार गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्