कक्षा ११ र १२ को परीक्षा पनि अनिश्चित कालका लागि स्थगित

काठमाडौं , चैत २५ । कक्षा ११ र १२ को परीक्षा पनि अनिश्चित कालका लागि स्थगित भएको छ ।

मंगलबार बसेको राष्ट्रिय परीक्ष बोर्डको बैठकले अर्को सूचना नभएसम्मका लागि कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका उपाध्यक्ष महेशप्रसाद दाहालले जानकारी दिए।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस( कोभिड-१९)का कारण कक्षा ११ र १२ को परीक्षा अनिश्चित कालका लागि रोकिएको हो ।

यसअघि बोर्डले कक्षा १२ को परीक्षा आउँदो वैशाख ८ गते तथा कक्षा ११ को २१ देखि गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको महामारी नियन्त्रणमा नआएको र लकडाउन लम्बिरहेकाले अनिश्चत कालका लागिर परीक्षा स्थगित गरिएको दाहालले बताए।

प्रतिक्रिया दिनुहोस्