बार्सिलोना र रियलका पूर्वप्रशिक्षक एन्टिकको निधन

काठमाडौं, चैत २५ । स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडका पूर्व प्रशिक्षक राडोमिर एन्टिकको निधन भएको छ । विश्व फुटबलका ठूला क्लबमा प्रशिक्षक बनेका एन्टिकको ७१ वर्षको उमेरमा निधन भएको हो । एन्टिक लुटोन टाउनका लिजेन्डरी खेलाडी पनि हुन् ।

एन्टिक सबैभन्दा धरै एट्लेटिको मड्रिडमा प्रशिक्षक रहेका थिए । सन् १९९८ मा प्रशिक्षको भूमिकामा पहिले उनी रियल जरागोजामा रहेका थिए ।

त्यसपछि रियल हुँदै एट्लेटिकोमा प्रवेश गरेका उनी प्रशिक्षकको भूमिकाबाट अलग हुँदा हिबेही चाइना फुर्टुनेमा प्रशिक्षक थिए ।

उनको पूर्व क्लब लुटोनले शोक विज्ञप्ति निकाल्दै आफ्नो क्लबका उत्कृष्ट खेलाडीको निधनमा शोक व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्