न्युयोर्कमा कोरोनाभाइरसका कारण १२ जना प्रहरीको मृत्यु

काठमाडौं, चैत २५ । न्युयोर्क प्रहरी डिपार्टमेन्ट ९एनवाईपीड० ले कोरोनाभाइरसका कारण आफ्नो १२ औँ अफिसर गुमाएको छ । एनवाईपीडी अक्जीलरी प्रहरी अधिकारी रमोन रोमनको आइतबार कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, २० प्रतिशत जनशक्ति बिरामी भएको पनि एनवाईपीडीको भनाइ छ । आइतबारसम्म एनवाईपीडीका ६ हजार ९७४ जना अधिकारी बिरामीका कारण ड्युटीभन्दा बाहिर थिए जुन कूल जनशक्तिको १९।३ प्रतिशत रहेको प्रहरी रिपोर्टमा भनिएको छ । गत मार्च २८ मा यो संख्या १२ प्रतिशत रहेको थियो ।

हालसम्म १९३५ जना युनिफर्म लगाउने र २९३ जना युनिफर्म नलगाउने एनवाईपीडीका सदस्यहरु कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।न्युयोर्क यतिबेला अमेरिकामा कोरोनाभाइरस महामारीको केन्द्रविन्दु बनेको छ ।

प्रतिक्रिया दिनुहोस्