कोरोनाको महामारी : खाडीका देशमा झण्डै ५० लाखको रोजगारी गुम्ने चेतावनी

काठमाण्डौ , चैत २६। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले कोरोना भाइरसका कारण खाडीका देशहरुमा सबैभन्दा धेरै रोजगारी गुम्ने चेतावनी दिएको छ ।

आईएलओले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनले सन् २०२० को मध्यसम्ममा कोरोनाको कारण संसारभर नै धेरैको रोजगारी गुम्ने अवस्था रहे पनि सबैभन्दा धेरै खाडीका क्षेत्रमा ८ दशमलव १ प्रतिशत अर्थात ५० लाख जनाको पूर्णकालीन रोजगारी गुम्ने देखाएको छ ।

खाडीपछि यूरोपमा ७ दशमलव ८ प्रतिशत अर्थात १ करोड २० लाख जनाको र एशिया तथा प्यासेफिक क्षेत्रमा ७ दशमलव २ प्रतिशत अर्थात १ अर्व २५ करोड जनाको पूर्णकालीन रोजगारी गुम्ने अवस्था रहेको छ ।

कोरोना महामारीले श्रमिक कटौती हुने र रोजगारी घुम्ने अवस्थाले सन् २००८ र २००९ को आर्थिक मन्दीले भन्दा बढी असर गर्ने र यसले मध्यम आय भएका देशलाई सबैभन्दा धेरै असर गर्ने आईएलओको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्