भारतमा कोरोनाभाइरस बाट १४९ जनाको मृत्यु ,संक्रमितको संख्या ५ हजार नाघ्यो

काठमाण्डौ ,चैत्र २७। भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ५ हजार नाघेको छ । २४ घन्टाको अवधमिा ७७३ नयाँ संक्रमित देखिएका छन् भने ३२ को मृत्यु भएको छ । यसका साथै संक्रमितको संख्या ५,१९४ पुगेको छ । केन्द्रीय स्वास्थ्य एर्व परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको आंकडाका अनुसार हालसम्म ४१० बिरामी ठीक भएका छन् । महाराष्ट्रमा ८ र कर्नाटकमा एक व्यक्तिको मृत्यु भएको छ ।

यो सहित भारतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या कुल १४९ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालका सहसचिव लभ अग्रवालले एक दिनमा मृत्यु हुनेको संख्या २५, नयाँ केस ४८५ र कुल संक्रमित ५,२७४ पुगेको जानकारी दिएका छन् । भारतमा महाराष्ट्रको स्थिति सबैभन्दा चिन्ताजनक रहेको छ । मुम्बइको धारावीमा कोरोनाको प्रकोप बढ्दै गइरहेको छ । हालसम्म यो बस्तीमा १३ मानिसमा संक्रमण पाइएको छ । पुरै महाराष्ट्रको कुरा गर्ने हो भने बुधबार ११७ नयाँ संक्रमित भेटिएका छन् र संक्रमितको संख्या ११३५ पुगेको छ ।

आन्ध्र प्रदेशमा १५ नयाँ केस देखिएको छ र संक्रमितको संख्या ३२९ पुगेको छ । केरलामा ९ नयाँ केस देखिएको छ र ३४५ संक्रमित भएका छन् । कर्नाटकमा ६ नयाँ केस देखिएको छ र पीडितको संख्या १८१ पुगेको छ । तामिलनाडुमा ४८ नयाँ केस देखिएको छ र संक्रमितको संख्या ७३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्