काठमाण्डौ उपत्यकासहित केहि क्षेत्रमा चल्दै छ हुरीबतास

काठमाण्डौ ,चैत २७। काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वी पहाडी क्षेत्रमा बिहीबार दिउँसोपछि हुरीबतास चल्ने मौसमविद्ले बताएका छन् ।

मध्य र पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पनि पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए । उनका अनुसार दिउँसोपछि हावाहुरी चल्नु प्रिमनसुन अर्थात् मनसुनअघिको अवस्थाको विशेषता हो । यो बेलामा जाडो कम हुँदै गर्मी बढ्ने भएकाले हावाहुरी चल्ने गर्छ ।

बिहान खुलेको मौसम दिउँसोपछि बदली भइ हावाहुरी र चट्याङ सहित पानी पर्नु प्रिमनसुनको विशेषता भएको मौसमविद् मानन्धरको भनाइ छ । आज काठमाण्डौ उपत्यकामा भने पानी पर्ने सम्भावना निकै कम रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्