सप्तरीमा १४ भारतीयसहित २५ जना पक्राउ

काठमाडौं, चैत २७ । लकडाउनको समयमा पनि नेपाल भित्रिएका १४ जना भारतीयलाई सप्तरीबाट पक्राउ गरिएको छ । जिल्लाको अग्निसाइर कृष्णा सावरण गाउँपालिकामा फेला परेका उनीहरुलाई हनुमाननगर कंकालनी नगरपालिका १ स्थित भारदहबाट प्रहरीले पक्राउ गरेको हो ।
हरीका अनुसार पक्राउ परेका सबै भारतको बिहार राज्यअन्तर्गत् अररिया जिल्लाका छन् । पक्राउ पर्नेहरुमा २२ वर्षीय मोहम्द सलीम, १९ वर्षीय इस्तियाक, २५ वर्षीय अजरत, २५ वर्षीय गेजिस, १९ वर्षीय बारिस, २२ वर्षीय सबीर, २५ वर्षीय शोखिमान, २४ वर्षीय मुस्बिर, २५ वर्षीय मगम, २२ वर्षीय तेजाव, १९ वर्षीय सम्साद, १८ वर्षीय नासिस, २२ वर्षीय नाजिब र २४ वर्षीय साहद छन् ।

अग्निसाइर कृष्णा सावरण गाउँपालिका ६ चाँदनी चोकस्थित चौतारामा बुधबार राति सुतिरहेको अवस्थामा स्थानीयहरुले यी १४ जनालाई देखेका थिए । यसपछि स्थानीयहरुको सूचना पाएर पुगेका वडाध्यक्ष तेजनारायण यादवले सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गर्दा समेत उनीहरुले मानिरहेका थिएनन् । ‘मैले क्वारेन्टाइनमा हिँड्न उनीहरुलाई नेपालीमा भने, तर उनीहरुले भाषा नै बुझेनन्’ वडाध्यक्ष यादवले भने, “पछि हिन्दीमा कुरा गर्दा उनीहरुले बुझेपनि क्वारेन्टाइनमा बस्न मानेनन् ।”
नायव उपरीक्षक मिश्रले १४ जना भारतीयले आफूहरु काठमाडौंमा काम गर्दै आएको बताएको जानकारी दिए ।

पक्राउ पर्ने नेपालीहरुमा भोजपुरको आमचोक गाउँपालिका ८ बस्ने २२ वर्षीय नरबहादुर झार, २४ वर्षीय सुमन तामाङ, २५ वर्षीय अनिस तामाङ, २८ वर्षीय असन तामाङ, भोजपुरकै बेबारी नगरपालिका २ का २८ वर्षीय धनीलाल उराउ, सुनसरीको दुहबी नगरपालिका २ बस्ने २२ वर्षीय विजय उराउ रहेका छन् ।

यस्तै, पक्राउ पर्नेमा सुनसरीको मधुवन २ बस्ने २५ वर्षीय रमेश कुमार, ६ बस्ने २३ वर्षीय दिपेश कुमार, भ्यान चालक सुनसरीका २२ वर्षीय अजय परियार, सह चालक धनुषाको मिथिला नगरपालिका ७ बस्ने २७ वर्षीय सानो परियार र २६ वर्षीय सञ्जीव परियार छन् ।

नियन्त्रणमा लिइएका ११ नेपाली र १४ भारतीयलाई अहिले अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित जनचेतना माविको क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्