सुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला धमाधम नमुना संकलन

काठमाडौं, चैत २७ । सुदुरपश्चिम प्रदेशमा ४ जनामा कोरोना भाईरस पुष्टि भएपछि पहाडी जिल्लाबाट पनि भारत तथा तेश्रो मुलुकबाट आएका नागरिकको नमुना संकलन गरी काठमाडौं पठाउन थालिएको छ । पहाडी जिल्लामा रहेका नगरपालिका तथा गाउँपालिकाहरुले भारत तथा तेश्रो मुलुकबाट आएकाको नमुना संकलन गरी काठमाडौं पठाउन थालेका हुन् ।

यो क्रमसँगै दिपायल सिलगढी नगरपालिका बाट ३३ ,पूर्वीचौकी गाउँपालिकाबाट २ केआइसिंह गाउँपालिकबाट १२ र शिखर नगरपालिकाबाट ७७ जनाको नमुना संकलन गरिएको छ । त्यस्तै आदर्श गाउँपालिकाबाट ७१, बडिकेदार गाउँपालिकाबाट ३८, वोगटान गाउँपालिका वाट ७४ र सायल गाउँपालिकाबाट ५ को नमुना संकलन गरिएको छ ।

त्यसैगरी ७ सुरक्षाकर्मी लगायत ३३० को नमुना संकलन गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले रातोपाटीलाई जानकारी दिए । उनले संकलन गरिएका नमूनालाई नेपाली सेनाको हेलिकप्टरमा आजै काठमाडौं पठाउन थालिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्