साग -पदक विजेता खेलाडीको खातामा आयो नगद पुरस्कार

काठमाडौं , बैशाख ४ । नेपालमा पाँच महिना अघि सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग०का पदाधारी खेलाडीलाई नगद पुरस्कार दिइएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार १३ औं सागमा नेपालका लागि पदक जित्ने ४ सय ३५ जना खेलाडीलाई कुल १९ करोड ५३ लाख रुपैयाँ पुरस्कार दिइएको हो ।खेलाडीले पाउने पुरस्कार रकम सोझै उनीहरुको बैंक खातामा पठाइएको छ ।

साग सम्पन्न भएको झण्डै पाँच महिनापछि सरकारले सबै पदाधीकारी खेलाडीको खातामा पुरस्कार रकम वितरण गरेको हो ।चैत मसान्तबाट खेलाडीको खातामा पैसा हाल्न सुरु गरिको थियो ।

युवा तथा खेलकुद मन्त्रालयका अनुसार कोष तथा लेखा नियन्त्रण कार्यालयबाट सबै खेलाडीको खातामा पैसा हाल्ने काम हिजो सकिएको हो ।मन्त्रालयले उपलब्ध गराएको खेलाडीको नामावलीअनुसार कोष तथा लेखा नियन्त्रण कार्यालयले निकासा भएको पैसा वितरण गरेको हो ।

नेपालले १३ औं सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २ सय ६ पदक प्राप्त गरेको थियो ।

व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई ९ लाख, रजतलाई ६ लाख र कास्यलाई ३ लाख तथा टिममा स्वर्णलाई ६ लाख, रजतलाई ४ लाख र कास्यलाई २ लाखका दरले पुरस्कार पठाइएको थियो ।

पुरस्कार रकममा कर कट्टा गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्