राहत वितरणः सर्वदलीय समिति बनाउन काँग्रेसको माग

काठमाडौं, बैशाख ६ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राहत वितरणका लागि सर्वदलीय समिति बनाउन माग गरेको छ । शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीकण्ठमा बसेको काँग्रेस पदाधिकारी बैठकले राहत वितरणका क्रममा पक्षपात भएको निष्कर्षसहित सर्वपक्षीय समिति बनाउन माग गरेको हो ।

बैठकपछि काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले रातोपाटीलाई भने, ुराहत वितरण गर्दा पक्षतापूर्ण भयो भन्दै विभिन्न जिल्लाबाट सूचना आएकोले राहत वितरणका लागि सर्वदलीय समिति बनाउनुपर्ने निर्णय भएको छ ।ु

लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने श्रमिक, डेरामा बसेका विद्यार्थी, आर्थिकरूपमा विपन्न समुदायलगायतलाई परेको समस्या र सार्वसाधारणका लागि अत्यावश्यक सामग्रीको आपूर्तिमा देखिएको कठिनाइबारेमा पनि छलफल भएको उनले जानकारी दिए ।

उनका अनुसार ज्यालादारी श्रमिक र न्युन आय भएका व्यक्तिहरु खान र बसाको अभावले गर्दा ८ १० दिन हिँडेर काठमाडौंबाट कैलालीसम्मलामो दुरीमा पैदल यात्रा गनुपर्ने बाध्यता आएको काँग्रेसको बैठकको निष्कर्ष छ ।

यस्तो अवस्थामा पनि सरकार सम्वेदनहीन बनेको बैठकको ठहर छ । सडकमा अलपत्र परेका नागरिकलाई सरकारले तुरुन्त उचित व्यवस्थापन गर्न काँग्रेसले माग गरेको छ ।

मुख्यसचिव पौडेलले भने, ुविदेशमा रहेका नेपालीहरु, जो दुःखमा छन्, अलपत्र परेका छन्, तत्काल नेपाल आउने इच्छा राख्छन् । उहाँहरुलाई नेपाल ल्याउनुपर्यो बैठकले निर्णय गरेको छ । ु

उनका अनुसार कोरोना भाइरस परीक्षणको दायरा थप विस्तार गर्न बैठकले जोडदार माग गरेको छ । लकडाउनपछि पनि हजारौँ मानिसहरु विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेको भन्दै सरकारले अहिलेसम्म १५, २० हजार मानिसको मात्र परीक्षण बिडम्पना भएको काँग्रेसको भनाइ छ ।

घम्ती परीक्षण सेवा सञ्चालन गरेरै भए पनि परक्षिणको दायरा बढाउनुपर्नेमा बैठकले जोड दिएको छ । बैठकले स्वास्थ्य सामग्री अझै अप्राप्त भएकोले तुरुन्त गुणस्तरीय सामान प्राप्त मात्रामा ल्याउन र स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्न सरकारको ध्यानाकर्षण छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि मुलुकभर चैत ११ गतेदेखि लकडाउन लागू भएपछि काँग्रेस पदाधिकारी बैठक दोस्रो पटक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्