आफ्ना हरेक सिर्जनाबाट दर्शकलाई रुवाउने गायक हेमन्तको प्यारो लाम्च गाउँ गित सार्वजनिक (भिडियो सहित )

काठमाडौं, बैशाख १२ । चर्चित लोक गायक तथा साराङ्गी बाधक हेमन्त कान्छाले नयाँ नयाँ सृजनाहरुहरु गरेर दर्शक स्रोतामाझ पस्किरहेका छन् । उनी आफैमा एक कुशल गायक, सर्जक तथा सारङ्गी बाधक पनि हुन् । विश्वव्यापी फैलिरहेको कोरोनाभाइर’सको महा’मारीबाट बच्न लकडाउनको पालना गरेर घरमै बसिरहेका हेमन्तका हरेक मौलिक गितलाई दर्शक श्रोताले निकै रुचाएका छन् ।

बिशेष गरि नेपाली मौलिक लोक गित सगितको जग्रेनाका निम्ति उनले पुर्याएको योगदानको कदर दर्शक श्रोता देखि अग्रज अनुज कलाकारले गरेका छन । आमाको मुख हेर्ने अवसर पारेर उनले आफनो नया कोसेली प्यारो लाम्च गाउँ आफ्नै अफिसियल युटुबच्यानल ूहेमन्त कान्छ रसाईली ू मार्फत सार्बजनिक गरेका हुन् ।

गित रिलिज भएको केही समय नबित्दै उक्त गितले दर्शक श्रोताको राम्रो माया पाएको छ । बाध्यता बस आफू जन्मेको ठाउँ छोडेर शहर बसेको र तेहि शहरमा हराउदा हराउदै गाउँ छोडेर शहर पसि सकेपछी पाएका बेदना ,पीडा र कयौं बर्षा तेहि पिडामा रुमालिदा रुमालिदै गाउँ जान नपाएका दुखलाई यो गितले झल्काउन खोजेको छ । हेमन्त कान्छकै शब्द सगित आवाज र अभिनय रहेको उक्त गितको निर्देशन हुम गैरेले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्