काँग्रेसले भन्यो : कुवेतमा रहेका गैरकानुनी नेपालीलाई फिर्ता ल्याऊ

काठमाडौं, बैशाख १४ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कुवेतमा रहेका गैरकानुनी नेपालीलाई फिर्ता ल्याउन माग गरेको छ । काँग्रेसको जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराई एक विज्ञिप्त जारी गरि कुवेतमा गैरकानुनी रुपमा बस्र्दै आएको करिव ४ हजार नेपाली कामदारलाई ल्याउन माग गरेका हुन् ।

ुृकुवेत सरकारले त्यहाँ रहेका करिव ४ हजार गैरकानुनी रुपमा बस्र्दै आएका नेपाली कामदारलाई नेपाल फिर्ता हुनचाहेमाआफ्नै खर्चमा नेपालसम्म पु(याउने निर्णय गरेको छ । कुवेत सरकारको गैरकानुनी रुपमा बसेका विदेशी कामदारलाई आफ्नै खर्चमा सम्वन्धित देशसम्म पु(याउने नयाँनीतिअनुसार यसअघि गैरकानुनी रुपमा बसेकालाई कानुनअनुसारको दण्ड सजाँयमिनाह गरेर एकमुष्ट आम माफी दिएर सम्वन्धित देशमाफिर्ता गर्ने निर्णय गरेको छ,ुविज्ञप्तिमा भनिएको छ ।

कुवेतले विभिन्न देशका कामदारलाई फरक फरक मितितोकेर आफ्नो मुलुकफर्कने तालिका समेत बनाएको छ । भट्टराइका अनुसार आइतबार देखि बैशाख ३० गतेसम्म गैरकानुनी रुपमा बस्दै आएका नेपालीकामदारलाई फिर्ता हुनका लागि समय दिएको छ ।

त्यहाँका विमानहरुलाई पनि विना भिषा सम्वन्धित देशमा लैजान सक्ने निर्णय कुवेतले गरेको छ । कुवेत सरकारले तोकेको समयभित्र नेपाल नफर्किए फेरि उनीहरु गैरकानुनीभएर कारबाहीको भागिदार हुने भट्टराईको भनाइ छ ।

उनले भने, ुम नेपाल सरकारलाई तत्कालकुवेतमा रहेका ति नेपालीकामदारलाई नेपालफिर्ता गराउने प्रवन्धगर्न अनुरोध गर्दछु । उनीहरु नेपालआउनु अघि कोरोनाभाइरसको परिक्षण गरेर मात्रै पठाउन कुवेत सरकारकै नीति छ ।ु

भट्टराइका अनुसार फर्कने हवाई भाडा पनि कुवेत सरकारलेनै दिने भएकाले यसमानेपाल सरकारको आर्थिक भार पनिहुँदैन । उनीहरुलाई नेपालल्याएर कम्तिम १४ दिनक्वारेन्टाइनमा राख्ने व्यवस्थामात्रै गर्नुपर्ने हुन्छ ।

तर कुवेत सरकारले तोकेको समय आइतबार वैशाख १४ गर्तेदेखि सुरु हुँदासमेत त्यहाँको नेपाली दूतावासले नेपाली कामदार ल्याउने विषयमा कुनै प्रक्रिया सुरु नगर्नु निकै दुःखद भएको भट्टराईले बताए ।

तत्काल क्वारेन्टाइनको प्रवन्ध गरेर उनीहरुलाई नेपालल्याउने कूटनीतिक पहल अघि बढाउन नेपाल सरकार, परराष्ट मन्त्रालय र त्यहाँको दूतावासलाई उनको आग्रह छ ।

भट्टराईका अनुसार कुवेत सरकारको सोही निर्णय अनुसार गैरकानुनी रुपमा बस्दै आएका करिव ४हजार नेपालीहरु नेपाल आउनचाहेका छन्। तर पनि नेपालीदूतावासले नेपालल्याउने पहलनगर्नु आफ्नानागरिकप्रतिको गम्भीर लापरबाही उनको आरोप छ ।

उनीहरुले नेपाल आउन चाहेको भन्दै सम्वन्धितदूतावास मार्फत नेपाल सरकारसँग अनुरोध गर्दै आएका उनले बताए ।

भट्टराईले भने, ुउनीहरुको आग्रहलाई सरकारले कुनै सुनुवाई गरेको छैन। विश्वभर रहेका आफ्नाना गरिकको सुरक्षा गर्ने र आवश्यक परे नेपाल सरकारको खर्चमा उनीहरुलाई सम्वन्धित देशबाट फिर्ता ल्याउने राज्यको दायित्व हो।ु

कुवेत सरकारलेनै खर्च बेहोर्ने र उनीहरु फेरि कुवेत जानकुनै रोकतोक नहुनेगरी सुविधा दिँदा समेत सरकार चुपलाग्नु आफ्ना नागरिकप्रतिको गम्भीर हेलचक्राई भएको उनको भनाइ छ ।

भट्टराईले भने, ुम नेपाल सरकारलाई तत्कालआफ्नानागरिकलाई नेपालल्याउने पहलगर्न अनुरोध गर्दछु। र कुवेतबाट ल्याएपछि उनीहरुलाई विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार क्वारेन्टाइनमा राख्ने प्रवन्धगर्न मागगर्दछु।ु

प्रतिक्रिया दिनुहोस्