बलिउड अभिनेता इरफान खान निधन

काठमाडौं , बैशाख १७ । बलिउड अभिनेता इरफान खानको मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको छ।

५४ वर्षीय खानको बुधबार बिहान निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए ।खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो । गत शनिबार उनकी आमाको निधन भएको थियो ।

उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन् ।

जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए। उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको थियो ।

खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्