प्रवासमा फसेका नेपालीको चाडै उद्दार गर गीत सार्वजनिक, सरकारलाई विषेश दबाब (भिडियोसहित)

पार्वती पाठक , काठमाडौं, बैशाख ३१ । चीनबाट सुरु भएको कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४३ लाख ४३ हजार नाघेको छ ।कोरोनाले अहिले विश्व नै आक्रान्त बनेको छ । देशका विभन्न मुलुकले यसको रोकथाम तथा नियन्त्रणका लागि देशलाई नै लकडाउनमा राखेको छ ।

यसरी देशमा लकडाउन हुँदा देशका विभन्न ठाउँमा रोजगारीको शिलशीलामा बाहिर गएका नेपाली दाजुभाइ जहाँका त्यही रोकीएका छन् । यता नेपालमा पनि नेपाल सरकारले लकडाउन जारी राखेको छ । सिमानाका तथा उडानहरु सबै बन्द छन् । आवतजावतमा रोक लगाएको छ । कोभिड-१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ५१ औं दिन पुगेको छ। गत चैत ११ गते देखि जारी गरिएको लकडाउनका कारण भारत तथा अन्य मुलुकमा रहेका नेपाली दाजुभाइहरु अलपत्र परेका छन् ।

उनीहरुले उद्दार गर्न नेपाल सरकारसँग माग गरेपनि सरकारले भने नसक्ने जवाफ दिएको छ । यसैबीच यहि सेरोफेरोलाई समेटेर सुदुरपश्चिमका कलाकारहरुले सामुहीक गीत निकालेका छन् । प्रवासमा फसेका नेपालीको चाँडै उद्दार गर बोलको गीत बजारमा आज मात्रै सार्वजनिक भएको छ ।

गायक ज्ञानु बम, नेत्र परियार र पदम धामीको प्रतिनिधित्वमा गीत बजारमा आएको हो । उनीहरुले सरकारलाई दबाब स्वरुप गीत बजारमा ल्याएका हुन् ।

गीतमा आफुहरु अलपत्र परेको र नेता तथा सरकारले नसुनेको पिडा  उतारीएको छ । गीतमा सुदुरपश्चिमका चर्चीत गायीका र गायकले आवाज दिएका छन् । सरकार लाई दरिलो झट्का लाउन समस्यामा फसेका थुप्रै दाजु भाइ को आवाज उनीहरुले गीत मार्फत बोलेका छन् ।

गीत निकै राम्र्रो र सन्देश मुलक रहेको छ । यस गीतले सरकारको ध्यान जाने समेत कलाकारले अपेक्षा लीएका छन् ।

प्रतिक्रिया दिनुहोस्