सिमानामा अलपत्र नेपालीलाई तत्काल प्रवेश दिन काँग्रेसको माग

काठमाडौं , जेठ २ । नेपाली काँग्रेसले नेपाल–भारत सिमानामा कयौं नेपालीहरु अलपत्र रहेको जानकारी आएको भन्दै उनीहरुलाई नेपाल प्रवेश गर्न दिन माग गरेको छ ।

‘कयौं नेपाली कयौं दिनदेखि भारतसँगको विभिन्न सीमा नाकामा अलपत्र स्थितिमा छन् । पछिल्लो चौबीस घण्टामा थप हजारौं नेपाली सीमा क्षेत्रमा आइपुगेको विवरण नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा प्राप्त भएको छ’, काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नाकामा आइपुगेका सबै नेपालीलाई व्यवस्थित ढंगले प्रवेश गराउन तथा उचित क्वारेन्टाइनमा कडाइका साथ राखेर परीक्षण पश्चात् सुरक्षित रूपमा घर पु¥याउने प्रबन्ध गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ ।’

लुकिछिपी प्रवेशबाट यसबीचमा संक्रमण फैलिन योगदान पुगेको परिदृश्य स्मरण गर्दै, सतर्कता र उच्च मानवीय भावना साथ सरकार हुनुको दायित्व निर्वाह गर्न समेत काँग्रेसले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्