रोनाल्डो फर्किए प्रशिक्षणमा

काठमाडौं, जेठ ५ । टाइलियन सिरी ए क्लब जुभेन्टसले आफ्ना स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई मंगलबार मैदानमा स्वागत गर्नेछ ।

पूर्व म्यानचेस्टर युनाइटेड तथा रियल मड्रिड स्टार रोनाल्डो कोरोना भाइरस महामारीका कारण लिग स्थगित भएपछि पहिलोपटक क्लबको प्रशिक्षणमा मंगलबार सहभागी हुँदै छन् । उनले पछिल्लो दुई महिनादेखि लकडाउनका कारण आफ्नो समय घरमै बिताएका थिए ।

उनी लिग स्थगितपछि आफ्नो आमाको हेरचाहका लागि भन्दै स्वदेश फर्किएका थिए । रोनाल्डो मे ५ मा टुरिन फर्किएका थिए । जहाँ उनले राष्ट्रिय सुरक्षा उपायको पालन गर्दै १४ दिन क्वारेन्टाइनमा बिताउन बाध्य भए । त्यो अवधि सोमबार पूरा भएको छ ।

रोनाल्डो १४ दिनको क्वारेन्टाइन बसाईपछि स्वतन्त्र हुँदै मंगलबारदेखि आफ्ना सहकर्मीहरूसँग प्रशिक्षणका लागि फेरि मैदानमा फर्किनेछन् । युभेन्टसले गत सातादेखि एक व्यक्तिगत स्तरबाट प्रशिक्षण सुरु गरेको थियो । खेलाडीहरूले कडाइका साथ राष्ट्रमा लिग पुनः सुरु गर्नका लागि पहिलो चरणमा सामाजिक दूरीको उपायहरू अवलोकन गरेका थिए ।

इटालीका प्रधानमन्त्री ज्युसेपे कोन्टेले यसै साताको सोमबारबाट सेरी ए क्लबहरूलाई समूह प्रशिक्षणमा फर्कने अनुमति दिएका थिए । तर, फुटबल पुनः सुरु हुनु पूर्व सरकार र लिग कमिटीसँग केही नियमको सम्झौताको ग्यारेन्टी हुन बाँकी रहेको बताएका थिए ।

जुन १३ लाई सिरी एका लागि सम्भावित मितिको रूपमा उल्लेख गरिएको छ । तर, यो सबै क्लबहरूको नियमित रूपमा गरिने परीक्षणको नतिजामा निर्भर रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्