आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं, जेठ ६ । सरकारले संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकले गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनमा संयुक्त रुपमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आजको बैठकले पारित गरेहो ।

नीति तथा कार्यक्रम पारित हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमका विषयमा सांसदले उठाएका सवालको जवाफ दिएका थिए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक असहज अवस्थामा रहेकाले सबैलाई एक जुट हुन आह्वान गरेका छन् ।

नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको प्रतिनिधि सभामा जवाफ दिदै गरेका प्रधानमन्त्री ओलीले कोरोना भाइरसले २ जनाको निधन भएकोमा दुःख व्यक्त गरे ।

‘कोही पनि नेपालमा कोरोनाको कारण वा कोरोना संक्रमित भएको अवस्थामा मृत्यु नहोस् भन्ने हाम्रो प्रयास असफल भएको छ,’ उनले भने, ‘२ जनाको निधन भएको छ, यद्यपि कोरोना भन्दा अरु कारणले निधन भएको पनि हुन सक्छ तर विश्व स्वास्थ्य संगठनको मापदण्डले कोरोना संक्रमण देखिए त्यसैबाट मृत्यु भएको मान्नुपर्ने ठानिएकाले पनि २ जनाको मृत्यु भइसकेको छ, मृतकका परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्