थप १८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ४ सय ६४ पुग्यो

काठमाडौं , जेठ १८ । नेपालमा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकाहरुका दैलेखका १७ जना र कालिकोटका एक जना छन् ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजिटिभ आएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसंगै देशभर कोरोना संक्रमितको संख्या १ हजार ४ सय ६४ पुगेको छ । शनिबार मात्र २ सय ३४ जनामा संक्रमण पुष्टि भएको थियो ।

२ सय १९ जनाले कोरोनालाई जितेका छन् । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची र दैलेखका एक एक जना गरी ७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्