अर्को हप्तादेखि कुनै प्रतिबन्ध लाग्दैन: प्रधानमन्त्री

काठमाडौं, जेठ २० । चीनबाट सुरु भएको कोरोनाले अहिले विश्व नै आक्रान्त बनेो छ । विश्वका विभन्न देश अहिले लकडाउनमा छन् । उता न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले कोरोनाभाइरस महामारी रोकथामका लागि लगाइएको सबै प्रतिबन्धलाई अर्को हप्तादेखि हटाइने सम्भावना रहेको बताएकी छिन् ।

उनका अनुसार त्यसपछि देशमा ‘अलर्ट लेभल–वान’ जारी रहनेछ जसअनुसार सामाजिक दुरीको आवश्यकता हुनेछैन र मानिसहरुलाई जम्मा हुनबाट लगाइएको प्रतिबन्ध पनि हटाइनेछ ।

यद्यपि, उनले देशको सीमा हालका लागि बन्द हुने कुरा भने स्पष्ट पारेकी छिन् ।मंगलबारको पत्रकार सम्मेलनमा उनले भनिन्, ‘चाँडोभन्दा चाँडो कडा लकडाउन लागू गर्ने हाम्रो रणनीतिले फाइदा पुर्याएको छ । साँचो भन्ने हो भने यो आशा गरेभन्दा बढी हो ।’

प्रतिबन्ध कहिलेसम्म जारी रहनेछ रु यसबारे जसिन्डाको क्याबिनेटले २२ जूनमा निर्णय गर्दैथियो तर अब यो बैठक निश्चित मितिभन्दा अघि अर्थात् ८ जुनमा आयोजना गरिँदैछ ।

न्यूजिल्याण्डमा लगातार ११ औं दिन कोरोना भाइरसका कोही पनि नयाँ संक्रमित भेटिएका छैनन् ।

न्यूजिल्याण्डको सरकारले यो लगभग सात हप्ता लामो कडा लकडाउनका कारण सम्भव हुन सकेको छ जसलाई न्यूजिल्याण्डका नागरिकले निकै गम्भीरताका लागि पालना गरे ।स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस्