आजदेखि सुनचाँदीको दरभाउ प्रकाशित गरिने

काठमाडौं , जेठ २५ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारदेखि सुनचाँदीको दरभाउ प्रकाशित गर्ने भएको छ । चैत ११ गतेबाट सुरु भएको लकडाउनका कारण सुनचाँदीको ब्यवसाय पनि बन्द गरिएको र सोही बमोजिम सुनचाँदीको दरभाउ वितरण समेत स्थगित गरिएको थियो ।

महासंघले लकडाउनको मोडालिटी परिवर्तन गर्ने प्रकृया शुरु भएको भन्दै सोही बमोजिम नेपाल सरकारले बिभिन्न जिल्ला प्रशासन, सम्वन्धित महानगरपालिका,नगरपालिका, गाउँपालिका र सम्वन्धित उद्योग वाणिज्य संघको संयुक्त सहमतिमा केही घण्टा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरेअनुसार सुनचाँदी ब्यवसाय पनि आंशिकरुपमा सञ्चालन हुने प्रवक्ता मनोजकुमार शाहले जानकारी गारएका छन् ।

प्रतिक्रिया दिनुहोस्