रौतहटबाट ८ लाखसहित एक जना पक्राउ

काठमाडौं, जेठ २७ । प्रहरीले रौतहटबाट ८ लाखसहित एक जनालाई पक्राउ गरेको छ । रौतहटको गौरस्थित टिकुलियाबाट स्रोत नखुलेको ८ लाख रुपैयाँसिहत एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा इशनाथ नगरपालिका ४ का धर्मेन्द्र साह रहेका छन् ।

प्रदेश र जिल्लाको संयुक्त प्रहरी गस्ती टोलीले ८ लाख रुपैयाँसहित साहलाई नियन्त्रणमा लिएको रौतहटका प्रहरी प्रवक्ता एवं डीएसपी भरत श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्