सुनको मुल्यमा नयाँ रेकर्ड कायम, तोलामा पुग्यो ८८ हजार ६ सय

काठमाण्डौं, जेठ २८ । पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ रेकर्ड कायम गरेको छ ।

मंगलबार प्रतितोला ८७ हजार ७ सय पुगेको सुनको मूल्यले आज बुधबार एकैदिन ९ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला ८८ हजार ६०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८८ हजार १ सय ६० रुपैयामा कारोबार भइरहेको छ भने चाँदी मगंलबार तुलनामा ५ रुपैयाले बढेर प्रतितोला ९ सय ३५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्