मलेसियामा २४ जुनदेखि विद्यालयहरु खुला गरिने

काठमाडौं, जेठ २८ । मलेसियायमा २४ जुनदेखि विद्यालयहरु खुला गरिने शिक्षा मन्त्राललयले जनाएको छ ।

नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणतर्फ गइरहेको भन्दै तीन महिनादेखि बन्द भएका विद्यालयहरु खुला गरिने मन्त्रालयले जनाएको छ ।

यसअघि कोरोना भाइरसको संक्रमण फैलिनसक्ने भन्दै विद्यालयका साथै व्यापार(व्यवसाय र आवतजावतमा प्रतिबन्ध लगाइएको थियो ।

दक्षिणपूर्वी एसियाको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक मलेसियामा बुधबारदेखि अधिकांश प्रतिबन्धहरु खुकुलो बनाइने बताइएको हो ।

मलेसिया सरकारले कोरोना प्रकोप नियन्त्रणमा भएको जनाएको छ ।

हालसम्म मलेसियामा ८ हजार ३३८ जनालाई कोरोना संक्रमण भएको छ भने ११८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्