आज थप २७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५३ सय ३५ पुग्यो

काठमाडौं, जेठ ३१ । पछिल्लो २४ घण्टामा नेपालमा २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि गरेको हो।योसँगै नेपालमा कुल संक्रमितको संख्या ५३ सय ३५ पुगेको छ। नेपालको ७२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ।

जसमध्ये ९१३ जना अस्पतालबाट डिस्चार्ज भइसकेका मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बताए।

प्रतिक्रिया दिनुहोस्