स्पेनिस ला लिगा : आज बार्सिलोना लेगानेसबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं , असार २ । कोरोना भाइरसको महामारीपछि फेरि सुरू भएको स्पेनिस ला लिगाको आफ्नो दोस्रो खेलमा आज लिग लिडर बार्सिलोना र रेलिगेसन जोनमा रहेको लेगानेसबीच प्रतिस्पर्धा हुँदैछ ।

बार्सिलोनाको खेल मैदानमा नेपाली समय अनुसार मंगलबार राति १:४५ बजे सुरु हुने खेलमा लिग लिडर बार्सिलोनालाई जीत निकाल्दै दोस्रो स्थानको रियल मड्रिडसँगको अंक दूरी बढाउने मौका हुनेछ ।

कोरोनाले स्थगित लिग सुचारुपछि बार्सिलोना लगातार दोस्रो जीत निकाल्ने योजनामा छ । यसअघि बार्सिलोनाले मालोर्कालाई ४-० ले हराएको थियो ।

बार्सिलोना २८ खेलमा ६१ अंकसहित शीर्ष स्थानमा रहेको छ । लेगानेसलाई पराजित गरे बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडविरुद्ध ५ अंकको अग्रता बनाउनेछ ।

रियलको ५९ अंक रहेको छ । लेगानेस २३ अंकसहित पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्