एकै दिन थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या सात हजार नाघ्‍यो

काठमाडौं‌ , असार ३ । बुधबार एकै दिन पाँच सय ८६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमकाअनुसार बुधबार पाँच सय ८६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। योसँगै संक्रमितको संख्या सात हजार एक सय ७७ पुगेको छ।

बुधबार विभिन्न अस्पतालबाट गरी ९ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्