युभेन्टस विजयी, जितमा रोनाल्डो र डिबालाको गोल

काठमाडौं, असार ९ । इटालियन सिरी ए फुटबलमा शिर्ष स्थानको युभेन्टस विजयी भएको छ । बोलोग्नाको घरेलु मैदानमा सोमबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको युभेन्टस २(० गोलले विजयी भएको हो ।

युभेन्टसको जितका लागि क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाले एक एक गोल गरे । खेलको २३ औं मिनेटमा रोनाल्डोले गोल गर्दै पहुना टोलीलाई अग्रता दिलाए । उनले पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका हुन् ।

खेलको ३६ औं मिनेटमा अर्जेन्टिनि स्ट्राइकर डिबालाले गोल गर्दै पहिलो हाफमा युभेन्टसलाई २(० को अग्रत दिलाए । दोस्रो हाफमा गोल गर्न नसकेको युभेन्टस १० खेलाडीमा समेटिएको थियो । खेलको इन्जुरी समयमा डिफेन्डर डानिलोले दोहोरो पहेलो कार्ड खाँदै मैदान बाहिरिए पछि युभेन्टस १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै युभेन्टसले दोस्रो स्थानको लाजिओभन्दा चार अंकको अग्रता बनाएको छ । युभेन्टस २७ खेलबाट ६६ अंकसहित शिर्ष स्थानमा छ । पराजित बोलोग्ना भने समान खेलबाट ३४ अंकसहित दसौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्