थप एक जना संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या २४ पुग्यो

काठमाडौं, असार ९ । दैलेखमा कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। सोमबार राती साढे ९ बजे दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो।

असार ३ गते सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। योसहित कर्णाली प्रदेशमा मात्र ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालमा भने पछिल्लो घटनासहित २४ कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ९ हजार ६ सय १० जनासंक्रमित पाइएका छन् भने २ हजार १ सय ४२ जना भने निको भएर घर फर्किएका छन्। नेपालमा रसुवा जिल्लाबाहेक सबै जिल्लामा कोरोना संक्रमित पाइएका छन्।

प्रतिक्रिया दिनुहोस्