कोरोना भाइरस नेपाल: थप ५३८ सङ्क्रमण पुष्टि , सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो

काठमाडौं, असार ९ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या १० हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार मंगलबार ५३८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको १० हजार नाघेको हो। कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको प्रवक्ता गौतमले जानकारी दिए। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ८६ हजार तीन सय ६६ र आरडीटी विधिबाट दुई लाख ७१ हजार ५ सय ८४ जनाको परीक्षण गरिएको छ । अहिलेसम्म क्वारेन्टाइनमा ८५ हजार ८ सय १३ जना छन् । त्यसैगरी सात हजार ८ सय ५१ जनाको आइसोलेसनमा उपचार भइाखेको छ । कोरोना जित्नेको संख्या भने दुई हजार २ सय २४ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्