पाकिस्तानका १० जना क्रिकेट खेलाडीलाई कोरोना संक्रमण

काठमाडौं , असार १० । पाकिस्तानका १० जना क्रिकेट खेलाडीलाई कोरोना भाईरसको संक्रमण भएको छ ।पाकिस्तान क्रिकेट बोर्डले पछिल्लो पटक आफ्ना सात खेलाडीलाई संक्रमण भएको पुष्टि गरेको हो ।

तीन जना खेलाडीमा संक्रमण पुष्टी भएको २४ घण्टा नबित्दै थप ७ जना क्रिकेटरमा संक्रमण देखिएको हो ।

बोर्डका अनुसार कोरोना संक्रमित हुने क्रिकेटरहरुमा फखर जमान, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाब रियाज छन् ।

बोर्डले यस अघि शादाब खान, हारिस रउफ र हैदर अलीलाई कोरोना संक्रमण भएको जनाएको थियो ।

१० क्रिकेटरलाई संक्रमण पुष्टी भएसँगै अर्को हप्ता इंग्ल्याण्डसँग हुने तय भएको क्रिकेट श्रृंखला धरापमा परेको छ ।

पाकिस्तानमा हाल कोरोना संक्रमणको दर उच्च छ ।

प्रतिक्रिया दिनुहोस्