जुम्लाका चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण , अत्यावश्यक बाहेक सबै सेवा बन्द

काठमाडौं, असार १० । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको प्रतिष्ठानले जनाएको छ ।

सेवा प्रवाह गरिरहँदा संक्रमणको जोखिम बढ्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरिएको प्रतिष्ठानका निर्देशक मंगल रावलले जानकारी दिनुभयो ।

कोरोनाको रोकथामका लागि गरिनुपर्ने सम्पूर्ण नियमहरू पालना गर्न र प्रत्येक नागरिकले संयमता अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्