ओली- प्रचण्डबीच बालुवाटारमा २ घण्टा वार्ता, के भयो कुराकानी ?

काठमाडौं , असार ११ । प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बुधबारको स्थायी समिति बैठकमा एकअर्काबीच घोचपेचमा उत्रिएका उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका लागि अध्यक्ष प्रचण्ड पौने एक बजे बालुवाटार पुगेको र अहिलेसम्म पनि दुई नेताबीचको वार्ता जारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

ओली प्रचण्ड भेटवार्तामा स्थायी समिति बैठकपछि उत्पन्न प्रतिकृया र भोलीबाट हुने बैठकमा हुने छलफलका विषयमा कुराकानी भएको बताइएको छ ।

बुधबार सुरु भएको स्थायी समिति बैठकमा ओलीले पार्टी नेताहरुले सरकारलाई सहयोग नगरेको गुनासो गरेका थिए भने प्रचण्डले प्रधानमन्त्री एक्लै हिँड्न खोजेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्