पेस्तोल सहित विप्लव माओवादीका सुनसरी इन्चार्ज पक्राउ

काठमाडौं, असार ११ । आफुलाई विप्लव माओवादीको सुनसरी जिल्ला इन्चार्ज बताउने एक जनालाई प्रहरीले पेस्तोल सहित पक्राउ गरेको छ । धरान प्रहरीले धरान १५ बाट पेस्तोलसहित रोशन राईलाई पक्राउ गरेको हो ।

धनकुटा सहिदभूमी गाउँपालिका ६ का २७ वर्षीय रोशन राईलाई पेस्तोल सहित पक्राउ गरीएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

नेकपा विप्लव समूहको सुनसरी जिल्ला इन्चार्ज बताउँने राईलाई विशेष सूचनाका आधारमा १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पछि सोधपुछ गर्ने क्रममा धरान १५ स्थित रामहंस मार्गमा मोटरसाइकल पार्क गरी राखेकोमा प्रहरीले मोटरसाइकल खानतलासी गर्दा सिट मुनी प्लाष्टिक भित्र लुकाइएको अवस्थामा पेस्तोल फेला पारेको थियो ।

उनीबाट मेड इन युएस लेखिएको स्वचालित पेस्तोल १ थान र त्यसमा लाग्ने म्याग्जिनसहित ३ राउण्ड गोली, दुई थान मोबाइल र ६ थान सिमकार्ड समेत बरामद गरिएको इप्रका धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस्